गगन थापाले जुनुसुकै बेला पार्टी सभापति पदबाट राजीनामा दिने सक्ने
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सभापति पदबाट राजीनामा दिने मनस्थिति बनाएका छन् । आज सोमबमर साँझ आफ्ना उपसभापति विश्वप्रकाश शर्मासँग नयाँ बानेश्वरमा भएको भेटवार्तामा सभापति थापाले आफूले पदबाट राजीनामा दिन लागेको सुनाएका थिए । थापा निकट स्रोतका अनुसार छलफलका क्रममा थापाले आफूले पद त्याग्ने मनस्थिति बनाएको जानकारी गराएका थिए । तर उपसभापति शर्माले भने अहिले तत्काल राजीनामा नदिन सुझाव दिए ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हासिल गर्न नसकेको भन्दै त्यसको नैतिक जिम्मेवारी लिँदै पद त्याग्नु उचित हुने विचार थापाले बनाएको र हिजो राजनीतिमा नैतिकताको प्रश्न आकाशसरी उठाउने थापालाई निर्वाचनमा भोग्नुपरेको अकल्पनीय पराजयले छटपटी चलिरहेको बेला उनी यतिबेला रनभूल्लमा परेको बताइएको छ । थापालाई नजिकबाट चिन्नेहरुले उनले कसैको कुरा नसुनेर खुरुक्क राजीनामा दिन सक्ने अडकल गरिएको छ । यदि थापाले राजीनामा दिएन भने कांग्रेसमा चलिरहेको आन्तरिक विवाद झनझन गहिरिँदै जाने लख काटिएको छ ।
