यी निर्वाचन क्षेत्र जहाँ रास्वपा अगाडि छन्

काठमाडौं ।  प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धेरै क्षेत्रमा अग्रता लिएको छ। पछिल्लो अपडेटअनुसार रास्वपाले मतगणना सुरु भएका ३२ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। जसमध्ये चितवन–२ मा सभापति रवि लामिछाने र झापा–५ मा वरिष्ठ नेता बालेन्द्र शाहले अग्रता लिएका छन्।

त्यस्तै, काठमाडौं–१ मा रञ्जु दर्शना, काठमाडौं–२ मा सुनिल केसी, काठमाडौं–३ मा राजुनाथ पाण्डे, काठमाडौं–४ मा पुकार बम, काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त महर्जन र काठमाडौं–१० मा प्रदीप विष्ट अग्रस्थानमा रहेका छन्। भक्तपुर–१ मा रुकेश रञ्जित र भक्तपुर–२ मा राजीव खत्री अगाडि छन्।

यस्तै मोरङ–१ मा यज्ञमणी न्यौपाने, मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–५ मा आशा झा, धनुषा–३ मा मनिष झा, रौतहट–४ मा गणेश पौडेल, बारा–३ मा अरविन्द साह, ललितपुर–२ मा जगदीश खरेल र चितवन–३ मा सोविता गौतमले अग्रता लिएका छन्।

कास्की–१ मा खडकराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ अग्रस्थानमा छन्। रुपन्देही–२ मा सुलभ खरेल, रुपन्देही–३ मा लेखजङ्ग थापा, दाङ–१ मा देवराज पाठक, बाँके–१ मा सुरेशकुमार चौधरी, बाँके–३ मा खगेन्द्र सुनार र कञ्चनपुर–२ मा दीपकराज बोहराले अग्रता लिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर