रूखमा भोट खसाल्न पूर्णबहादुरको अपिल
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले यही २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न अपिल गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै खड्काले उम्मेदवारको नाम नलिई पार्टीको चुनाव चिह्नमा मतदान गर्न अपिल गरेका हुन् ।
‘यो निर्वाचनमा म उम्मेदवार किन उठ्दै छैन, त्यसको कारण मैले माघ ६ गतेको दिन बिहान मेरो सामाजिक सञ्जालमार्फत सम्बन्धित सबैमा प्रस्ट पारिसकेको छु । आज म विशेष दिनमा हाम्रा परम आदरणीय मतदातारूपि भगवानहरूसँग गर्दैछु’, खड्काले भनेका छन्, ‘फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानमा कर्णाली प्रदेशलगायत सातै प्रदेशका देशभरिका सबै मतदान केन्द्रमा जानुभई प्रनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फका दुवै मत पत्रमा हाम्रो पार्टी नेपाली कांग्रेसको ऐतिहासिक चुनाव चिह्न रुखमा आफ्नो बहु मूल्य मतको स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजयी गराइदिनु हुन हृदयदेखि नै हार्दिक विनम्र अनुरोध गर्छु ।’
