काठमाडौं उपत्यकामा रास्वपाको र्याली सम्पन्न
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार राजधानीमा चुनावी र्याली गरेको छ। ‘एउटै लक्ष्य, एउटै आवाज, एउटै प्रतिबद्धता’ भन्ने नाराका साथ काठमाडौं उपत्यकाका विभिन्न स्थानमा र्याली गरेर रास्वपाका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहले चुनावी प्रचार गरे।
पशुपतिनाथको दर्शन गरी गौशालाबाट शनिबार बिहान सुरु भएको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ ले काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूको परिक्रमा गरेको थियो । चुनावी तालिका अनुसार टोली चाबहिल, जोरपाटी, साँखु, मूलपानी र पेप्सीकोला हुँदै भक्तपुर प्रवेश गरेको थियो। भक्तपुरको सानोठिमी, दुवाकोट, व्यासी, कमलविनायक, जगाती र सूर्यविनायकमा पुगेर उनीहरूले उम्मेदवारहरूको पक्षमा भोट मागेका थिए।
प्रतिक्रिया
