भारतको जिम्बाबेमाथि फराकिलो जित
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ को सुपर ८ समूह १ को खेलमा भारतले जिम्बाबेमाथि फराकिलो जित हासिल गरेको छ । बिहीबार चेन्नईमा भएको खेलमा भारतले जिम्बाबेलाई ७२ रनले पराजित गरेको हो ।
यस हारसँगै जिम्बाबे एक खेलअगावै बाहिरिएको छ भने दक्षिण अफ्रिका सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि अर्को समूहबाट इंग्ल्यान्ड सेमिफाइनलमा पुगिसकेको छ । भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।
भारतले अब वेस्ट इन्डिजसँग खेल्न बाँकी छ । उक्त खेलमा विजयी हुने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ ।
प्रतिक्रिया
