दुर्गा प्रसाईंको दावी : राजपरिवारका सदस्यहरू सडकमा उत्रँदै

काठमाडौंं ।  राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ’ अभियानका संयोजक दुर्गा प्रसाईंले यही फागुन १६ गतेभित्र राजपरिवारका सदस्यहरू सडकमा उत्रने तयारीमा रहेको दाबी गरेका छन्।

प्रसाईंले सामाजिक सञ्जालमार्फत राजपरिवारका सदस्यहरू राष्ट्र, धर्म र नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहेको दाबी गर्दै उनले नागरिकहरूलाई एकजुट हुन आग्रह गरेका छन्। उनले राष्ट्रलाई बाह्य प्रभावबाट जोगाउन तथा धर्म–संस्कृतिको संरक्षण गर्न सबै नेपालीलाई तन, मन र वचनले साथ दिन अपिल गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत  भनेका छन्, ‘राजपरिवारका सदस्यहरु स्वयं अब राष्ट्रको रक्षा, धर्मको संरक्षण तथा सम्पूर्ण नेपाली नागरिकको हितका लागि सडकमा उत्रने तयारीमा रहनु भएको जानकारी गराउँदै, सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यही फाल्गुन १६ गतेभित्र काठमाडौंमा उपस्थित भइ राष्ट्रलाई युक्रेन हुनबाट जोगाउन हार्दिक आह्वान गर्दछौं। राष्ट्र,धर्म र नागरिकको सुरक्षा हाम्रो साझा जिम्मेवारी हो। सबैलाई एकजुट भई तन मन बचनले उपस्थित हुन विनम्र अनुरोध छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर