चुनावी रणनीतिका लागि कांग्रेसको बैठक

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न आज केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बिहान ११ बजेका लागि तय गरिएको उक्त बैठक प्रविधिको प्रयोग गर्दै भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा मुख्यगरी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रणनीतिक तयारीबारे विस्तृत समीक्षा हुनेछ । ‘बैठकमा निर्वाचन केन्द्रित तयारीका साथै मुलुकको समसामयिक राजनीतिक मुद्दाहरूमा पार्टीको आधिकारिक धारणा र आगामी कार्यदिशाबारे गहन छलफल हुने कार्यतालिका छ,’ दुलालले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर