जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले हरायो
काठमाडौं । आईसिसी टी-२० विश्वकप अन्तर्गत आज भएको खेलमा जिम्बाबेले अष्ट्रेलियालाई पराजित गरेको छ । जिम्बाबेले अष्ट्रेलियालाई २३ रनले हराएको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जिम्बाबेले पूरै ओभर खेलेर १६९ रन बनाएको थियो । १७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलिया १९ दशमलव ३ ओभरमा १४६ रन बनाएर अल आउट भएको थियो ।
प्रतिक्रिया
