नेपालले टसमा हारेपछि ब्याटिङ गर्दै
काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।
भारतको मुम्बईस्थित वानखेडे मैदानमा इटलीका निमित्त कप्तान ह्यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन्। नियमित कप्तान वायन म्याड्सेन चोटका कारण खेल्ने छैनन्। नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो। इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो।
प्रतिक्रिया
