दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल दोस्रो सुपर ओभरमा
काठमाडौं । टी-२० विश्वकपमा दक्षिण अफ्रिका र अफगानिस्तानबीचको खेल दोस्रो सुपर ओभरमा गएको छ। पहिलो सुपर ओभरमा दुवै टोलीले १७-१७ रन बनाएपछि खेल दोस्रो सुपर ओभरमा गएको हो ।
ट्रिस्टन स्टब्सले अन्तिम बलमा छक्का प्रहार गर्दै पहिलो सुपर ओभर बराबरी गरे ।बुधबार दुई टोलीबीचको खेल बराबरीमा सकियो। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले १८७ रन बनायो भने अफगानिस्तानले पनि २० ओभरमा १८७ रन मात्र बनाउन सक्यो।
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा अफगानिस्तानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। दक्षिण अफ्रिकाका लागि रायन रिकेलटन (६१) र क्विन्टन डे कक (५९) ले अर्धशतक बनाए । डेभिड मिलर २० रनमा अविजित रहे । अफगानिस्तानका लागि अजमतुल्लाह उमरजाईले तीन विकेट लिए भने रशिद खानले दुई विकेट लिए। फजलहक फारुकीले एक विकेट लिए।
