प्रचण्ड र गगनको इन्कारपछि अब के गर्लान् ओलीले ?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेल गर्ने प्रयास असफल भएको छ ।

विगत केही दिन यता नेकपा र नेपाली कांग्रेससँग नेकपा एमालले चुनावी गठबन्धन गर्ने प्रस्ताव गरेता पनि नेकपाका संयोजक प्रचण्ड र सभापति गगनकुमार थापाले अस्वीकार गरेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली जिल्लिएका छन् । प्रचण्ड र थापाले हरूले एक्लाएक्लै निर्वाचनमा सहभागी हुने अनौपचारिक रूपमा एमाले नेतत्वसमक्ष प्रस्ट सन्देश पठाएपछि विशेष गरी दाण्ज्ञठण् र झापा जिल्लाको निर्वाचनमा प्रत्यक्ष असर पर्ने भएको छ ।

विशेष महाधिवेशनपछि गगन थापाले कांग्रेसको नेतृत्व सम्हालेदेखि नै कांग्रेस चुनावी तालमेलको विपक्षमा उभिएको छ । सभापति थापाले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने नीतिलाई कडाइका साथ लागू गरेका छन् । कांग्रेसले आगामी निर्वाचनमा आफ्नै बलबुतामा उम्मेदवारी दिने प्रष्ट पारेको छ ।

एमाले अध्यक्ष ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग झापा क्षेत्र नम्बर ५ र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ(२ मा सहयोगको प्रस्ताव गरेका थिए । प्रचण्ड सुरुमा केही लचिलो देखिए पनि माधवकुमार नेपाल, भीम रावल र झलनाथ खनाल लगायतका नेताहरूले त्यसलाई ठाडै अस्वीकार गरिदिए ।

संयोजक प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरेको तीन अगाडि बिहीबारको जुम बैठकमा पुष्टि गरे । उनले एमालेसँग तालमेल गर्दा ओली मात्र शक्तिशाली हुने र नेकपालाई घाटा हुने निष्कर्षमा पार्टी पुगेको बताए । युवा नेताहरूले समेत ओलीसँग सहकार्य गरे विद्रोह गर्ने चेतावनी दिएपछि प्रचण्ड पछि हटेका हुन् ।

गठबन्धनका प्रयास विफल भएपछि एमाले केही दबाबमा देखिएको छ । यद्यपि, एमालेले जनार्दन शर्मा र बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग भने चुनावी सहकार्यको सहमति गरिसकेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले देश जलाउनेका विरुद्ध उभिने शक्तिहरूसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।

यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा(५ मा चुनावी प्रचार सुरु गरेका छन् । शनिबारदेखि उनले घरदैलो अभियान तीव्र पारेका हुन् । झापा(५ मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेकपाका रञ्जित तामाङले चुनौती दिँदैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर