अरिजीत सिंहले प्लेब्याक सिंगरको नयाँ गीत नगाउने

काठमाडौं ।  बलिउडका सबैभन्दा लोकप्रिय र प्रभावशाली गायकमध्ये एक मानिने अरिजीत सिंहले अबदेखि प्लेब्याक सिंगरको रूपमा कुनै पनि नयाँ गीत नगाउने घोषणा गरेसँगै भारतीय संगीत उद्योगमा ठूलो तरंग पैदा भएको छ । फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको उनको यो घोषणाले प्रशंसकदेखि संगीतकर्मीहरूसम्मलाई भावुक बनाएको छ ।

इन्स्टाग्राम पोस्टमा अरिजीत सिंहले लेखेका छन्- ‘विगत धेरै वर्षदेखि मलाई निरन्तर माया र साथ दिने सबै श्रोतालाई धन्यवाद । अबदेखि म प्लेब्याक सिंगरको रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो यात्रा अत्यन्तै सुन्दर रह्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर