अब सम्झनामा मात्र “एक मच्छर आदमीको हिँजडा बनादेता है”

काठमाडौं ।  भारतीय फिल्मका चर्चित अभिनेता नाना पाटेकरको निधनपछि उनका सहकलाकार तथा बलिउडका कलाकारहरूले दुःख व्यक्त गर्दै उनलाई असाधारण अभिनेता र प्रेरणादायी व्यक्तित्वका रूपमा स्मरण गरेका छन् ।

७५ वर्षीय पाटेकरको बिहीवार बिहान ५ः२० बजे मुम्बईस्थित आफ्नै निवासमा हृदयघातका कारण निधन भएको हो । मणिपाल अस्पतालका अन्कोलोजी विभाग प्रमुख डा. शेखर साल्करका अनुसार हृदयघातपछि उनलाई ४५ मिनेटसम्म सीपीआर दिइएको थियो । तर, उनलाई बचाउन सकिएन ।

पाटेकरसँग ‘ब्लफमास्टर’ र ‘हाउसफुल ५’मा काम गरेका अभिनेता रितेश देशमुखले उनको निधनको खबरले आफू शब्दविहीन भएको बताएका छन् । उनले पाटेकरलाई कुनै पनि किसिमको भूमिका निर्वाह गर्न सक्ने असाधारण अभिनेता भन्दै श्रद्धाञ्जली दिएका छन् ।

देशमुखले पाटेकरलाई पर्दामा मात्र नभई पर्दाबाहिर पनि ‘हिरो’ का रूपमा स्मरण गरेका छन् । उनका अनुसार पाटेकरले आफ्नो परोपकारी काममार्फत मानिसहरूको हितका लागि निरन्तर काम गरेका थिए । अभिनेता अक्षय कुमारले पनि पाटेकरको निधनप्रति दुःख व्यक्त गरेका छन् । ‘वेलकम’ र ‘हाउसफुल ५’ मा उनीसँग काम गरेका अक्षयले पाटेकरको अभिनयमा रहेको आवाज, तीव्रता र इमानदारीलाई स्मरण गर्दै उनीजस्तो अभिनेता विरलै पाइने बताएका छन् ।

अक्षयले पाटेकरसँग काम गर्दाका सम्झना आफूले सधैँ सुरक्षित राख्ने उल्लेख गरेका छन् । उनले पाटेकरलाई ‘एक किसिमको’ अभिनेता भन्दै उनको निधनमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।अभिनेता आदिल हुसेनले पनि पाटेकरको निधनको खबरमा आफूलाई विश्वास गर्न कठिन भएको बताएका छन् । उनले पाटेकरको अभिनयबाट आफू लगायत धेरै कलाकार प्रेरित भएको उल्लेख गर्दै उनको आत्माको शान्तिको कामना गरेका छन् ।

पाटेकरले सन् १९७८ मा ‘गमन’ बाट अभिनय यात्रा प्रारम्भ गरेका थिए । ‘परिन्दा’, ‘प्रहार’, ‘अंगार’, ‘क्रान्तिवीर’, ‘तिरंगा’, ‘खामोशी’ र ‘अब तक छप्पन’ लगायतका चलचित्रमा उनको अभिनय चर्चित छ । गम्भीर भूमिकादेखि हास्य भूमिकासम्म प्रभावशाली अभिनय गरेका पाटेकर पछिल्लो समय पनि चलचित्रमा सक्रिय थिए । उनी अक्षय कुमार, अभिषेक बच्चन र रितेश देशमुखलगायतको अभिनय रहेको ‘हाउसफुल ५’ मा देखिएका थिए । पाटेकरको एक हिन्दी चलचित्रको प्रख्यात डाइलग “एक मच्छर आदमीको हिँजडा बनादेता है” अब सम्झनामा मात्र रहने छ ।

पछिल्लो समय उनी विशाल भारद्वाजको ‘ओ’ रोमियो’ मा शाहिद कपुर र तृप्ति डिमरीसँगै प्रहरी अधिकारीको भूमिकामा देखिएका थिए । अनिल कपुर र राधिका मदान अभिनीत ‘सुबेदार’ मा पनि उनको विशेष भूमिका रहेको थियो । पाटेकरको निधनपछि सहकलाकारहरूले व्यक्त गरेका श्रद्धाञ्जलीमा उनको अभिनय क्षमता, व्यक्तिगत शैली र फिल्म क्षेत्रमा पारेको प्रभावलाई विशेष रूपमा स्मरण गरिएको छ । देशमुखले उनको निधनलाई ‘वास्तवमै एउटा युगको अन्त्य’ भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर