फिल्म ‘लालीबजार’ रोक्न माग गर्दै प्रदर्शन
काठमाडौं । नेपाली चलचित्र लालीबजार बन्द गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले चलचित्रले वादी समुदायको प्रतिनिधित्वप्रति आपत्ति जनाउँदै यसको प्रसारण रोक्नुपर्ने माग गरेका हुन्।
प्रदर्शनकारीहरूले “लालीबजार फिल्मलाई बन्द गर”, “वादी जातिको सम्मान कायम गर” र “चलचित्र विकास बोर्ड मुर्दावाद” जस्ता नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले चलचित्रले समुदायको पहिचान र सम्मानमा असर पारेको दाबी गर्दै सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गरे। विरोध कार्यक्रममा सहभागीहरूले चलचित्र निर्माण तथा प्रदर्शन प्रक्रियामा सामाजिक संवेदनशीलता र समुदायको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता पनि औंल्याएका छन्।
प्रतिक्रिया
