नेपाली क्रिकेट टोलीले विश्वकपअघि चेन्नईमा खेल्दै

काठमाडौं ।  श्रीलंका र भारतमा हुने आईसीसी टी–२० विश्वकप २०२६ को तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले औपचारिक दुई अभ्यास खेल खेल्ने भएको छ। विश्वकप अघि नेपाली टोलीले संयुक्त अरब एमिरेन्ट्स (युएई) र क्यानडासँग दुई अभ्यास खेल खेल्नेछ।

नेपाली टोलीले पहिलो अभ्यास खेलमा युएईसँग फेब्रुअरी ३ मा अभ्यास खेल खेल्नेछ। दोस्रो अभ्यास खेलमा क्यानडासँग फेब्रुअरी ५ मा हुनेछ। दुवै खेल चेन्नईमा हुनेछ। चेन्नईमा दुई अभ्यास खेल खेलेपछि नेपाली टोली विश्वकपका लागि मुम्बई पुग्नेछ।

विश्वकपमा नेपाल समूह ‘सी’मा रहेको छ। टी–२० विश्वकप माघ २४ गतेदेखि श्रीलंका र भारतमा सुरु हुँदै छ। नेपालले आफ्नो पहिलो खेल माघ २५ गते इङल्यान्डविरुद्ध खेल्ने तालिका छ। नेपालले दोस्रो खेल माघ २९ गते इटालीसँग तथा तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजविरुद्ध खेल्नेछ। समुह चरणको अन्तिम खेलमा फागुन ५ गते स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर