ओली र बालेनको झापामा उम्मेदवारी दर्ता, दुई समूहबीच झडप
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बाले साहले आज प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झापा निर्वाचन क्षत्रे ५ मा आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ओलीले आज सञ्चारकर्मीसँग कुरा गर्दै आफू दोब्बर मतले विजयी हुने दावी गरे ।
यसैबीच एमाले र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ । दुई समूहको र्याली दमकको आकाशे पुलनजिक भेट भएपछि मंगलबार दिउँसो केही बेर तनाव भएको हो । दुई समूहबीच केही बेर तनाव भएको र अहिले अवस्था सामान्य भइसकेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।
प्रतिक्रिया
