कांग्रेसमा कुरा मिलेन, आज उम्मेदवारी दर्ता

काठमाडौं ।  नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उम्मेदवारी मनोनयन आज हुने भएको छ । मंगलबार स्थगित भएको उमेदवारी मनोनयनबुधबार  बिहान ८ देखि ९ बजेभित्र सुरु हुने निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिएका छन् ।

कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझ उमेदवारी दर्ता खुला गरिएको थियो । उमेदवारको मनोनयन दर्ताबाहेक बाँकी तालिका बुधबारका लागि सारिएको थियो ।

मनोनयनपत्र दर्ताका निम्ति यसअघि मंगलबार दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको थियो । पछि मनोनयनपत्र बेलुका ५ बजेपछि दर्ता गरिने भनिएको थियो । त्यसपछि साँझ साढे ६ बजेका लागि सारिएको थियो । कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर