देउवाले सभापति छाड्न नमान्दा कंग्रेसमा कुरा अड्क्यो

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्ष विशेष महाधिवेशनको स्वामित्व ग्रहण गर्न तयार भएको छ । तर विशेष महाधिवेशन पक्षधरको सभापति फेर्नपर्ने अडानलाई अस्वीकार गरेको वार्तामा संलग्न एक सदस्यले जानकारी दिएका छन् । सभापति देउवाको उक्त अड्डीका कारण वार्ता यत न उता भएको स्थिति रहेको बताइन्छ । करिब चार घन्टा लामो छलफल गर्दा पनि देउवा टसमस नभएको ती सदस्यको कथन रहेको छ ।
‘विशेष महाधिवेशन पक्षधरले देउवाले सभापतिले छोड्ने र विशेष महाधिवेशनको हलबाटै नयाँ नेतृत्व चुनौँ, जो व्यक्ति भए पनि नयाँमा हाम्रो असमझदारी नराख्ने, ‘चुनावमा टिकट बाँड्ने संसदीय बोर्डको सट्टामा एउटा हाइकमान्ड बनाउने प्रस्ताव राखेका थिए । यी नै प्रस्तावमाथि विस्तृत छलफल गर्न आज राति फेरि द्बैपक्षका वार्ताकारहरू छलफलमा बस्ने भएका छन्् ।

पद चाहिएर विशेष महाधिवेशन आयोजना गरेका होइनौं : थापा

महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनमार्फत पार्टीभित्र स्थापित अभ्यासमाथि प्रश्न उठाउनु नै आफूहरूको विद्रोह भएको बताएका छन् ।
पार्टीको आन्तरिक लोकतान्त्रिक संरचनामा उठाइएको प्रश्नलाई उनले सचेत प्रतिरोधको रूपमा व्याख्या गरे । ‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नुजस्तै हो’, थापाले भने । उनले आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको पनि प्रष्ट पारे ।

गगन–विश्वको राजनीतिक प्रतिवेदन पारित

यसैबीच विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ। उनीहरूले हिजो पेश गरेको प्रतिवेदन हलले आज पारित गरेको हो । महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महामन्त्री शर्माले सांगठानिक प्रतिवेदन पेश गरेका थिए ।

संस्थापनको केन्द्रीय बैठक भोलि बस्ने

उता कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले डाकेको केन्द्रीय समिति बैठक केहीबेरमात्रै बसेर स्थगित भएको छ । सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गरेका थिए । केहीबेरमात्रै बसेको बैठकमा धनराजले भोलि बिहान ८ बजे बस्ने सूचना सुनाएका थिए ।

आज रातभरीमा सहमतिमा पुग्ने : श्याम घिमिरे

कांग्रेसका नेता श्याम घिमिरेले त्रिपक्षीय वार्ताबाट आज रातभरीमा सहमतिमा पुग्ने बताएको छ । वार्ता जारी रहेपनि अहिलेसम्म कुनै निष्कर्ष नआएको घिमिरेले बताए । ललितपुरको सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै जारी वार्ताको निष्कर्ष नआएकै करण अहिलेसम्म केन्द्रीय समिति बैठक बस्न नसकेको उनले उल्लेख गरे ।

‘वार्तास्थलबाट अहिलेसम्म कुनै खबर आएको छैन । वार्ता चलिरहेको छ, निर्वाचनको प्रक्रिया पनि रोकिएको भन्ने छ। वार्ताले आकार लिन्छ भन्ने विश्वास छ, आज रातभरि सहमतिमा पुग्छौँ । वार्ता सकारात्मक भएको बुझेका छौँ’, घिमिरेले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर