पार्टी फुट्नबाट जोगाउन डा. शेखरको अन्तिम प्रयास
काठमाडौं । डा. शेखर कोइरालाले पार्टी फुट्नबाट जोगाउन आग्रह गरेका छन् । देउवापक्षका नेताहरूबीच छलफल जारी रहेकै समयमा पुगेका शेखरले पार्टी फुटको संघारमा पुगेको भन्दै जोगाउने भूमिका लिन सभापति देउवालाई आग्रह गरेका हुन् ।
उनले देउवालाई विशेष महाधिवेशनस्थलमा उपस्थित भएर त्यसको स्वामित्व लिएर अघि बढ्न आग्रह गरेका हुन् । जवाफमा देउवाले पार्टी नफुटाउने सुनिश्चितता गर्न नेता कोइरालालाई आग्रह गरेका छन् । कांग्रेसको चालू विशेष महाधिवेशनमा केन्द्रीय समिति भंग गर्नेसहितको कार्यविधि तयार भएपछि तरंग र संकट उत्पन्न भएको छ । हिजोसम्म भृकुटीमण्डपमा सभापति देउवा जान हुन्न भन्ने अध्ययन गरेका डा. शेखर आज सोमबार अब पार्टी फुट्नै लाग्या भनेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासंग वार्ता गर्न लागिपरेका छन् ।
प्रतिक्रिया
