कांग्रेस रूपान्तरणसहितको प्रतीक्षामा : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा सोमबार सुरु भएको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन्। बन्दसत्रको अध्यक्षता श्यामकुमार खड्काले गरेका छन्।

यसअघि महाधिवेशनले कार्यविधि पारित गरेको थियो। पार्टी विधानको धारा १५ बमोजिम सर्वोच्च अधिकारसम्पन्न निकायलाई निहित हुने अधिकार प्रयोग गरी कांग्रेस विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२ लागु गरिएको हो। बन्दसत्रको हलले ध्वनि मतले कार्यविधि अनुमोदन गरेको हो। यही कार्यविधि अनुसार बन्दसत्र लगायतका अन्य कार्यक्रम अघि बढ्ने छन्।

‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस’ शीर्षकमा महामन्त्री शर्माले प्रस्ताव अघि सारेका हुन् । प्रस्तावमा भनिएको छ, ‘बदलिनेले बदल्न सक्छ समुन्नति र खुशीको संकल्पका लागि नागरिकले रुपान्तरणसहितको कांग्रेस प्रतीक्षा गरेका छन् । हामी जान्दछौं– पार्टीको ड्राइभिङ सिटको छेउमा रहेका कारण हाम्रो भागमा पनि असफलताको अंश लाग्छ । त्यसलाई स्वीकार गरेरै हामीले भनेका हौँ – अब पुरानै ढङ्‍गले जान सकिन्न, नयाँ परिस्थिति विकास गर्न, मनस्थिति नयाँ बनाएर सोचौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर