आज विशेष महाधिवेशनको बन्द सत्र, देउवा गूटको अनिश्चय जारी

काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज सोमबार बन्दसत्र सुरु हुँदैछ। आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ।हिजो आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज सोमबार बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ।

प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको नेतृत्वमा बोलाइएको विशेष महाधिवेशनमा २६ सयभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्। बन्दसत्रमा पार्टीभित्र देखिएका संगठनात्मक समस्या, नेतृत्वको भूमिका र नीतिगत सुधारका विषयमा धारणा आउने अपेक्षा गरिएको छ। कार्यविधि तय गरी बन्दसत्र सञ्चालन गरिनेछ। बन्दसत्रको सभापतित्व ज्येष्ठ सदस्यले गर्नेछन्। यस क्रममा नीतिगत तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत भई त्यसमा छलफल हुने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा नआएका देउवा गूट आजको बन्द सत्रमा पनि अनुपस्थित हुने भएको छ ।

यसैबीच कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा नजाने उनको सचिवालयले स्पष्ट पारेको छ । उनको सचिवालयले एक सूचना जारी गर्दै यस्तो जनाएको हो । देउवाका स्वकीय सचिव भानु देउवाले एक सूचनामार्फत् भृकुटीमण्डप जाने कुनै योजना नरहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर