रवि र कुलमानबिच राजनीतिक ब्रेकअप
काठमाडौं । पूर्वऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टीको कमाण्ड सम्हालेका छन् । रवि लामिछाने नेतृत्वको रास्वपासँगको एकता भाँडिएपछि उनी उनेपाको अध्यक्षको रुपमा सक्रिय भएका हुन् ।
शिजो शनिबार त्रिपुरेश्वरस्थित उज्यालो घरमा बसेको केन्द्रीय कमिटीको बैठकले कुलमानलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । अस्तिमात्रै रास्वपाका सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका कुलमानले रास्वपासँगको एकता भंग भएको ब्रिफ गरेका थिए । उता, रास्वपाको सचिवालय बैठकमार्फत सभापति लामिछानेले उज्यालो नेपाल पार्टीसँगको एकता जोगाउन नसकिएको ब्रिफ गरेका छन् । तर, रविले कुलमानले महत्वाकांक्षी माग अघि सारेको टिप्पणी गरेका छन् ।
प्रतिक्रिया
