विशेष महाधिवेशनको तयारी पूरा, देउवालाई बिदा दिइने

काठमाडौं ।  नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ, तर पार्टी सभापति शेरबहादुर देउवाको सचिवालयले महाधिवेशनको निम्तो पत्र बुझ्न अस्वीकार गरेको छ । सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन पक्षका नेता–कार्यकर्ता नियमित महाधिवेशनका पक्षमा छन् भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा अडिग छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई स्वामित्व ग्रहण गर्न अनौपचारिक रुपमा पनि आग्रह गरेका छन्। तर विशेष महाधिवेशन कुनै पनि हालतमा नरोकिने अवस्था बनिसकेको छ। देउवालाई विदा दिएर नयाँ नेतालाई सभापति निर्वाचित गराउने विशेष महाधिवेशनको लक्ष्य छ।

यसको मुख्य लक्ष्य नै सभापतिबाट शेरबहादुर देउवालाई विदा दिएर नयाँ नेतृत्वमार्फत चुनावमा सहभागी हुने रहेको छ। अन्य नेताले यतिबेला स्वामित्व लिने जोखिम उठाउने कोशिश गरेका छैनन्। विशेष महाधिवेशन पक्षधरका नेता गुरुरराज घिमिरे भन्छन्,‘नेतृत्व परिवर्तन विशेष महाधिवेशनको प्रमुख सर्त हो। यसले नेतृत्व बदल्छ, कार्यसमिति फेर्छ र त्यसपछि निश्चित समयपछि नियमित महाधिवेशन आयोजना हुन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर