साम्बा गम्भीर चोटका कारण मैदान बाहिर
काठमाडौं । नेपाली महिला फुटबल स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ गम्भीर चोटका कारण मैदान बाहिर रहने भएकी छन् । अस्ट्रेलियाको व्यवसायिक लिग ‘ए-लिग वुमन’ खेल्ने क्रममा घाइते भएकी साम्बाले सन् २०२५-२६ को बाँकी सिजन गुमाउने निश्चित भएको हो ।
न्युजिल्यान्डको क्लब वेलिङ्टन फिनिक्सबाट लिग खेलिरहेकी सावित्रा गत शनिबार ब्रिस्बेन रोअरविरुद्धको खेलमा घाइते भएकी थिइन् । खेलको दोस्रो हाफमा विपक्षी टोलीकी गोलकिपरसँग हावामा ठोक्किँदा उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो । टाउकोले बल प्रहार गर्ने क्रममा भएको उक्त टक्करपछि उनी मैदानबाट बाहिरिएकी थिइन् ।उनको स्वास्थ्य अवस्थाबारे जानकारी बुधबार दिँदै वेलिङ्टन फिनिक्सले साम्बाको चोट गम्भीर रहेको पुष्टि गरेको छ ।
प्रतिक्रिया
