विश्वकप खेल्ने १५ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा

काठमाडौं । भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आईसीसी टी-२० विश्वकप २०२६ का लागि नेपालको १५ सदस्यीय राष्ट्रिय टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो ।

पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका उदीयमान खेलाडी शेर मल्ल पहिलोपटक नेपालको सिनियर टोलीमा समावेश भएका छन् । यस्तै बसिर अहमद पनि नेपालको विश्वकप टोलीमा परेका छन् । नेपालको टोलीमा कप्तान पौडेलसहित, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, गुल्शन झा, सन्दीप लामिछाने रहेका छन् ।

त्यसैगरी नन्दन यादव, ललित राजवंशी, करण केसी, सोमपाल कामी, बसिर अहमद, लोकेश बम, सन्दीप जोरा विश्वकपका लागि समावेश छन् । टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य कुशल मल्ल भने परेका छैनन् । तेस्रो पटक टी-२० विश्वकप खेल्दै गरेको नेपाल विश्वकपमा समूह ‘सी’ मा परेको छ ।

कठिन मानिएको यस समूहमा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेका छन् । नेपालले इङ्ल्याण्डविरुद्ध माघ २५ गते पहिलो खेल खेल्दै विश्वकपको यात्रा सुरु गर्नेछ । कुल ५५ खेल हुने विश्वकपको फाइनल फागुन २४ गते हुनेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर