‘जेनजी आन्दोलनको नाममा भएको विध्वंस जनआन्दोलन हुन सक्दैन’ : पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको नाममा भएका विध्वंसात्मक गतिविधिप्रति कडा आपत्ति जनाएका छन्। एकै दिनमा भएको ठूलो क्षति कुनै पनि हालतमा जनताको आन्दोलन हुन नसक्ने उनको भनाइ छ।

सरकारी प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा ८४ अर्ब ४५ करोड रुपैयाँ बराबरको क्षति भएको र पुनर्निर्माणका लागि ३६ अर्ब आवश्यक पर्ने उल्लेख आएपछि पोखरेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

उनले जनताको नाममा हुने आन्दोलन कहिल्यै तोडफोड र विध्वंसात्मक नहुने स्पष्ट गर्दै, यस्तो कार्य कुनै पनि बहानामा स्वीकार्य नहुने बताएका छन्। साथै, जेनजीका नाममा नेपाली युवामाथि दोष थोपर्ने प्रयासप्रति पनि उनले आपत्ति जनाएका छन्।

पोखरेलले घटनाका योजनाकार र मतियारलाई नबिर्सिने चेतावनी दिँदै यस्ता कार्यप्रति कठोर दृष्टिकोण अपनाइने संकेत गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर