नेकपाको समानुपातिक सूचीमा नयाँ अनुहार मात्रै, पूर्व सांसद–मन्त्रीलाई ठाउँ नदिने
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक सूचीमा नयाँ अनुहारलाई मात्रै समेट्ने निर्णय गरेको छ।
प्रतिनिधि सभा तथा राष्ट्रिय सभामा यसअघि सांसद भइसकेका वा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका व्यक्तिलाई समानुपातिक सूचीमा नराख्ने निर्णय पार्टीले गरेको हो।
पार्टी शीर्ष नेतृत्वबीच भएको सहमति अनुसार यसअघि प्रत्यक्ष वा समानुपातिक निर्वाचनबाट निर्वाचित भइसकेकालाई सिफारिस नगर्ने तय गरिएको छ।
आज समानुपातिकको बन्द सूची बुझाउने अन्तिम दिन रहेको अवस्थामा, सिफारिस सूची तयार गर्दा सबै नयाँ अनुहार पठाउने निर्णय नेपाली कम्युनिस्ट पार्टीले गरेको हो।
प्रतिक्रिया
