अध्यक्ष ओलीलाई समानुपातिक उम्मेदवारको टुंगो लगाउने जिम्मा
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूचीमा समावेश गरिने उम्मेदवारहरुको नामावली टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
हिजो आइतबार बसेको सचिवालय बैठकले नामावली टुँग्गो लगाउने जिम्मा आयोगलाई दिएको पार्टी उपमहासचिव लेखराज भट्टले जानकारी दिए । अध्यक्षले टुँग्गो लागाएपछि भोलि निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको भट्टले जानकारी दिए । कार्यतालिका अनुसार आज र भोलि सोमबार समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आयोगमा पेस गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया
