जनार्दनसँग चुनावी सहकार्य गर्दै कुलमान
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी र उज्यालो नेपालबीच चुनावी सहकार्य हुने भएको छ । प्रलोपाको संरक्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउर्जामन्त्री जनार्दन शर्मा रहेका छन् भने उज्यालो नेपाल पार्टीमा उर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेका छन् । आजै दुई पार्टीबीच सहमति पत्रमा हस्ताक्षर हुन लागेको प्रलोपा अध्यक्ष परिषद्का सदस्य सुदन किरातीले बताए । जनार्दन शर्मा उर्जामन्त्री हुँदा कुलमानलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।
प्रतिक्रिया
