देउवा र ओलीबीच भेटवार्ता
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । कांग्रेससभापतिलाई भेटन एमाले अध्यक्ष ओली सोमबार महाराजगञ्जस्थित देउवा निवासमा पुग्नु भएको हो ।
ओलीसँग पार्टी महसचिव शंखर पोखरेल पनि जानु भएको थियो । संसद पुन:स्थापनाको मुद्दामा कांग्रेस-एमाले सांसदहरुले पुरक निवेदन दर्ता गर्ने बताइरहँदा काँग्रेस सभापति र एमाले अध्यक्षबीच भेटवार्ता भएको हो । भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक बिषयमा कुराकानी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
