काठमान्डूलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा
काठमाडौं । काठमान्डू गोर्खाजलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स जारी नेपाल प्रिमियर लिगको क्वालिफयर दुईमा पुगेको छ ।काठमान्डूले दिएको ११२ रनको सामान्य लक्ष्य १७।४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
लुम्बिनीका ओपनर डार्सीले सर्वाधिक ३३ रन बनाए। सन्दीप जोरा २३, कप्तान रोहित कुमार पौडेल १८ र निरोसन डिकोलाले १४ रन बनाए। काठमान्डूका सन्तोष यावद २, रासिद खान, कप्तान करण केसी, साहब आलम र सन्नि पट्टेलले समान एक विकेट लिए।
त्यसअघि त्रिवि क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको काठमान्डुले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो।खराब सुरुआत गरेको काठमान्डूले पावर प्लेमै ५ विकेट गुमाएर २९ बनाएको थियो। काठमान्डूका सन्तोष यादवले सर्वाधिक २३ रन बनाए।
मोहम्मद आदिल आलम र जोन सिम्सनले समान १८ रन बनाए। यस्तै, भीम सार्की १४, कप्तान करण केसीले ९ रन बनाए । लुम्बिनीका शेर मल्ल र कप्लेतान रोहितकुमार पौडेलले समान ३ विकेट लिए। रुवेश ट्रम्पलम्यानले २, अभिषेक गौतम १ विकेट लिए। जितसँगै लुम्बिनीले फाइनल प्रवेशको लागि विराटनगर किंग्ससँग बिहीबार खेल्ने छ। विराटनगर मंगलबार भएको पहिलो क्वालिफयरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित हुँदै दोस्रो क्वालिफयरमा आइपुगेको हो।
