एनपीएलः एलिमिनेटरमा आज काठमाडौं र लुम्बिनी भिड्दै

काठमाडौं ।  कीर्तिपुरस्थित  अन्तरराष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत इलिमिनेटरमा आज काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् । आजको खेल अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

काठमाडौं तेस्रो र लुम्बिनी  चौथो स्थानमा छ । लिग चरणको खेलमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो । आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भोलि खेल्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससंग पराजित भएको  थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर