अब सक्रिय राजतन्त्र सम्भव छैन : महामन्त्री डा. धवल

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थासहितको नवीन सहमति भएन भने अर्को विद्रोह बेहोर्न तयार हुनुपर्ने बताएका छन् । विगतमा आफूले राजा, राजनीतिक दलहरूको बीचमा नवीन समझदारी गरेर देशलाई दुर्घटनामा जानबाट जोआऔं भन्दा हाँसो ठट्टामा उडाएको उनले गुनासो गरे ।

राप्रपाले काठमाडौंमा मंगलबार आयोजना गरेको सभामा गर्दै लिङ्देनले चुनाव अगावै राजासहितको नवीन समझदारी गर्नुपर्ने बताएका हुन् । ‘यही व्यवस्था अन्तर्गत चुनाव गर्ने कुरा समस्यालाई केही पर सार्ने मात्र हो । योभन्दा ठूलो ध्वंस देशले बेहोर्नुपर्ने हुनसक्छ’, लिङ्देनले भने, ‘सहमति भएन भने अर्को विद्रोह बेहोर्न तयार हुनुपर्छ, यो लिङ्देनको धम्की होइन, सुझाव हो ।’

लिङ्देनले समस्याको निदान गरेर मात्र चुनावमा जानु पर्ने बताए । ‘जनताको आक्रोश केपी ओलीलाई हटाएर सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन मात्र भएको थिएन, जनताको आक्रोश सिद्धियो, अब चुनाव गर्ने र मुलुकलाई अगाडि लैजाने भन्नु भूल हुनेछ’, उनले भने, ‘देशलाई भूराजनीतिको गम्भीर चक्रव्यूहबाट निकास दिनका लागि चुनावभन्दा अगाडि नै राजा, राजनीतिक दल र आन्दोलनले स्थापित गरेको शक्तिबीच नयाँ समझदारी कायम गरेर मात्र जानुपर्छ ।’

अब सक्रिय राजतन्त्र सम्भव छैन : महामन्त्री डा. धवल

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा. धवल शमशेर जबराले नेपालमा अब सक्रिय राजतन्त्र सम्भव नरहेको बताए । उनले यसबारे आफूहरुले राजासँग कुराकानी गरेर स्पष्ट पारेको पनि बताए । नेपालीका छोराछोरीले देश चलाउने र अभिभावकको भुमिकामा राजसंस्था रहने बताए । ‘धेरै साथीहरुले सक्रिय राजतन्त्रका कुरा गर्छन् । त्यो कुरासित हामी सहमत छैनौँ । अब सक्रिय राजसंस्था होइन । संवैधानिक राजसंस्था आवश्यक छ । यो कुरा मैले राजासँग पनि सोधेर स्पष्ट पारेको छु । नेपालीका छोराछोरीले देश चलाउने हो । अभिभावकको भुमिका राजसंस्थाले गर्नुपर्छ । यो विषयमा हामी स्पष्ट हुनुपर्छ । सनातन हिन्दु अधिराज्य कायम गर्ने यो सभा हो । यो चेतना जगाउने ठाउँ हो’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर