कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म हुने
काठमाडौं । नेपाली कांग्रेसको १५ महाधिवेशन आगामी पुस २६ गतेदेखि २८ गतेसम्म हुने भएको छ । आज सोमवार बसेको पार्टी केन्द्रीय समिति बैठकले १५ महाधिवेशन गर्ने मितिसहितको कार्यतालिका सर्वसम्मतिले पारित गरेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
कार्यतालिकामा गाउँ अधिवेशन पुस १६ गते, गाउँ नगरपालिका अधिवेशन पुस १७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते, सात वटै प्रदेश अधिवेशन पुस २३ र २४ गते सम्पन्न गरिने र महाधिवेशनका लागि विधान मस्यौदा समिति, क्रियाशील सदस्यता केन्द्रिय छानविन समिति र केन्द्रीय निर्वाचन समिति पनि बनाउने निर्णय गरेको छ ।
प्रतिक्रिया
