कर्णालीलाई ५ विकेटले हराउँदै काठमाडौं गोर्खाज विजयी
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) आज भएको खेलमा काठमाडौं गोर्खाज विजयी भएको छ। कर्णाली याक्सलाई १२ बल बाँकी छँदा नै काठमाडौंले ५ विकेटले पराजित गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको कर्णालीले पूरै ओभर खेलेर १४९ रन बनाएको थियो । जवाफमा काठमाडौंले १२ बल बाँकी छँदा नै लक्ष्य पूरा गर्यो । यो जितसँगै काठमाडौंको प्ले अफमा जाने सम्भावना कायमै रहेको छ। कर्णालीले भने अहिलेसम्म एउटा मात्र खेल जितेको छ। एनपीएलमा आज कुनै पनि खेल छैन ।
प्रतिक्रिया
