सुदूरपश्चिमले दियो पोखरालाई १९४ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले २० ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाउँदै पोखरालाई १९४ रनको लक्ष्य दिएको हो । सुदूरका लागि जोश ब्राउनले सर्वाधिक ६८ रन बनाए । ३५ बल खेलेका उनले ६ चौका र ५ छक्का प्रहार गरे । विनोद भण्डारीले ४२ बलमा ४३ रन बनाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर