कांग्रेसको विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले तत्काल विशेष महाधिवेशनको मिति र स्थान तोक्न माग गरेको छ । काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरले विधानअनुसार अगामी पुस २८ गतेभित्र भित्र विशेष महाधिवेशन गर्नेगरी मिति र स्थान तोक्न माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै लेखनाथ पोखरेलले ५५ दिनभित्र विशेष महाधिवेशन गर्नुको विकल्प नरहेको बताए । उनले महाधिवेशनको मागलाई उपेक्षा गरेर केन्द्रीय समिति बैठकलाई अनिर्णयको बन्दी बनाइएको भन्दै नियमित महाधिवेशनको कार्यतालिका स्वीकार नगरिने समेत बताए । उनले विशेष महाधिवेशनका बाँकी प्रतिनिधिहरूलाई समेत हस्ताक्षर अभियानमा सहभागी हुन आह्वान गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर