राष्ट्रिय महिला क्रिकेट टिम पराजित
काठमाडौं । मैत्रीपूर्ण क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाली राष्ट्रिय महिला क्रिकेट टिम पराजित भएको छ। आयुष क्रिकेट एकेडेमी देहरादुनमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ औभरमा ८८ रनमै अलआउट भयो।
नेपालका लागि औपनर सनम प्रविनले सर्वाधिक ३३ रन बनाइन्। रुविना क्षेत्रीले १७ तथा बिन्दु रावलले १२ रनको योग्दान दिइन्। यता बलिङतर्फ राजस्थानका लागि अर्चना योगिले तीन विकेट लिइन्। नदिइ सनीले दुई विकेट लिइन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको राजस्थानले निर्धारित २० औभरमा ५ विकेट गुमाउँदै १४४ रन बनाएको थियो। राजस्थानका लागि डिम्पल सिम्खताले सर्वाधिक ४८ रनको योग्दान दिएन्। यस्तै, भवानी ३६ र एन्नाले ३० रन बनाइन्। यता, नेपालका लागि लक्ष्मी साउदले दुई तथा रुविना, कविता कुँवर र मनिषा उपाध्यले समान एक विकेट लिए।
