काठमाडौं । दुर्गा प्रसाईंको समूहले सिंहदरबारमा सरकारसँग २६ बुँदे माग राखेको छ, जसमा राजसंस्था फर्काउन र हिन्दुराष्ट्र स्थापना गर्नुपर्ने प्रमुख माग छन्।
समूहले २० लाख रुपैयाँसम्मको ऋण मिनाहा गर्न र बढी ऋणलाई ५% ब्याजमा २५ वर्षमा तिर्ने अवसर दिनुपर्ने पनि माग गरेको छ।
वार्तामा दुर्गा प्रसाईंको प्रतिनिधित्व माधव प्रसाद खतिवडा, देवी प्रसाद संग्रौला र अन्य सदस्यहरुले गरेका थिए। सरकारले १८ कात्तिकमा पत्र पठाएर वार्ता बोलाएको थियो।





