कांग्रेस संस्थापन पक्षद्वारा नियमित महाधिवेशनका लागि दवाब

काठमाडौं ।  नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन आज काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरेको छ । भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् । आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् ।

विशेष महाधिवेशन गरेरै भए पनि नेतृत्व परिवर्तन गरी फागुन २१ गतेको प्रतिनिधिसभाको निर्वाचनमा होमिनु पर्ने माग कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले मागिरहेका बेलामा संस्थापन पक्ष भने जतिसक्यो समय धकेल्न चाहन्छ । महामन्त्री गगनकुमार थापालेसमेत फागुनको चुनावअघि नै महाधिवेशन गरेर नयाँ जनादेशअनुसार जानुपर्ने भनी तालिकासहित प्रस्ताव पेश गरिसक्दासमेत पार्टी अलमलमा छ ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठक बीपीनगर सानेपामा चलिरहँदा देउवाले कार्यवाहक सुम्पिएका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सिटौला पक्षका नेताहरु भने नियमित महाधिवेशन भन्दै जतिसक्यो पछाडि महाधिवेशन गर्न लागिपरेका हुन् । पछि गर्नुपर्ने कुनै पनि कारण भने दिन सकेका छैनन् । अन्य दलहरु नयाँ जनादेशअनुसार जेन–जीको मागलाईसमेत सम्बोधन गरी अगाडि बढ्न खोजिरहँदा कांग्रेस भने विभिन्न बहानामा अल्झेको आरोप छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर