कंग्रेसमा संस्थापन र इतर पक्ष आ-आफ्नै अडानमा

काठमाडौं ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले पार्टी महाधिवेशनको मितिमा विषयमा आ-आफ्नो अडान कायमै राखेका छन्। बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतरसमूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्।

केहि केन्द्रीय सदस्यहरुले भने विशेष महाधिवेशनमा गएर पार्टीलाई एकढिक्का बनाउनुपर्ने धारणा राखेका छन्। महाधिवेशन विवादका कारण कांग्रेस बैठक लम्बिएको छ।

अझै तीन दिन केन्द्रीय कार्यसमिति चल्ने र महाधिवेशनका बिषयमा एउटै प्रस्ताव पारित गर्ने गरि सहमतिको प्रयास भइरहेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। यसअघि मंगलबार महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री महेन्द्र यादवले अलग–अलग कार्यतालिका प्रस्तुत गरेका थिए।

बुधबार सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी लगाएतले धारणा राखेका थिए। बैठक बिहीबार बिहान ११ः३० बजे पुनः बस्ने प्रवक्ता महतले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर