सबै जेन-जीलाई अगाडि बढाउन रक्षा बमको नयाँ फ्रन्ट

काठमाडौं । नेपालको युवा पुस्ता (जेन-जी) ले राजनीतिमा आफ्नो सशक्त उपस्थिति जनाउन ‘नेपाल जेनजी फ्रन्ट’ को औपचारिक घोषणा गरेको छ । जेनजी अगुवा रक्षा बमको संयोजकत्वमा २१ पृष्ठ लामो दस्तावेजसहित यो फ्रन्ट सार्वजनिक गरिएको हो ।

जेनजी आन्दोलनलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यका साथ यो फ्रन्ट गठन गरिएको संयोजक बमले बताएकी छन् । रक्षा बमको नेतृत्वमा गठन भएको यस फ्रन्टमा युवा अनुहारहरू युजन राजभण्डारी, यतिष ओझा, मनिष खनाल, आदित्य कर्ण, ऋतु खड्का, संविधान प्रसाईं, नजिर आलम, आसन अन्सारी र पूजा मेहता लगायतका सदस्यहरू रहेका छन् । यो समूहले जेनजी विद्रोहका एजेन्डाहरूलाई एकीकृत गर्दै विभिन्न जेनजी समूहहरूलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।

जारी विज्ञप्तिमा संयोजक बमले जेनजी विद्रोहलाई संस्थागत गर्ने र सोही विद्रोहसँगै उदय भएका विभिन्न जेनजी समूहहरूलाई एकीकृत गर्ने मूल उद्देश्य रहेको प्रस्ट पारेकी छिन् । यो प्रारम्भिक समूहले समान राजनीतिक विचार राख्ने सबै जेनजी समूहलाई एकताबद्ध गर्ने लक्ष्य लिएको छ । काठमाडौं लगायत देशभरका जेनजी विद्रोहमा सक्रिय युवाहरूलाई यस समूहमा जोडिनका लागि आह्वान समेत गरिएको छ ।

संगठन समितिका संयोजक युजन राजभण्डारीका अनुसार, अहिले गठन गरिएको समूहले संघीय संरचनाका रुपमा काम गर्नेछ । यसको अर्थ चाँडै नै प्रदेश र जिल्ला स्तरमा पनि समितिहरू घोषणा गरिनेछन्, जसले देशव्यापी रुपमा जेनजीको आवाजलाई बुलन्द गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर