गगनको चेतावनीपछि कांग्रेसको बैठक स्थगित, असन्तुष्टहरू वानेश्वरमा भेला गर्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । महामन्त्री गगन थापाले महाधिवेशनको कार्यतालिका पेश गर्न नदिए सहभागी नै नहुने चेतावनी दिएपछि बैठक स्थगित भएको हो । कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशन भन्ने बहस भइरहेको छ। यस विषयमा केन्द्रीय समिति बैठकमा छलफल भइरहे पनि संस्थागत निर्णय भएको छैन ।
शेरबहादुर देउवाविरोधी समूहका डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आज बिहान बसेको बैठकले महामन्त्री थापालाई आगामी पुस १६ गते महाधिवेशन गर्नेगरी कार्यतालिका बैठकमा पेश गर्न आग्रह गरिएको र त्यस विषयमा कार्यवाह सभापति पूर्णबहादुर खड्कासँग छmफ गर्दा खड्काले स्पष्ट जवाफ दिन नसकेकाले महामन्त्री थापाले बैठकमै आफू अनुपस्थित हुने चेतावनी दिएपछि कांग्रेसको बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि सारिएको हो । यसैबीच कांग्रेसमा विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूले संस्थापन पक्षले आफ्ना भनाइको उपेक्षा गरेकाले दवाब स्वरूप आइतबार मध्याह्न नयाँ वानेश्वरमा भेला गर्ने भएको नेता गुरु घिमिरेले बताए ।
