ओलीको नवीन प्रस्ताव जेनजीसहितको नयाँ सरकार

काठमाडौं ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकार गठनको प्रस्ताव गरेका छन् ।

भक्तपुरको गुण्डुस्थित निवासमा भएको भेट्न पुगेको राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मञ्च (मानवाधिकार एलाइन्स) को टोलीसँग ओलीले जेन-जीको सहभागिता रहेको नयाँ सरकार गठन गरी फागुन २१ मा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेको एमाले केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत जानकारी दिएका छन् ।

ओलीको ६ बुँदे प्रस्ताव:-

 

१. असंवैधानिक रुपमा विघटित प्रतिनिधिसभाको पुनःस्थापना ।

२. प्रतिनिधिसभाबाट तुरुन्तै संविधान संशोधन गरी संसद् सदस्य नरहेको व्यक्ति पनि चुनावी सरकारको प्रयोजनका लागि दलहरुको सहमतिमा राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त हुन सक्ने व्यवस्था ।

३. जेन–जी आन्दोलनका नाममा आफूलाई प्रधानमन्त्रीबाट हटाइए पनि थप तिक्तता बढ्न नदिन आफूद्वारा पुनः प्रधानमन्त्रीको दावी नगरिने स्पष्ट ।

४. जेन–जीसहितको सहभागितामा सर्वदलीय/सर्वपक्षीय सरकार गठन ।

५. उक्त सरकारद्वारा तीन महिनाभित्र निर्वाचन । त्यसो गर्दा फागुन २१ कै घोषित मितिमा नयाँ प्रतिनिधिसभाको निर्वाचन गर्न सम्भव ।

६. संविधान र लोकतन्त्रलाई लिकमा ल्याउन यी सबै कामको सुनिश्चितताका लागि राजनाीतिक दलहरुबीच अग्रिम सहमति निर्माण ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर