नेपाल इरानसँग ३-० गोलको अन्तरले पराजित

काठमाडौं । भारतमा जारी त्रिदेशीय महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलको आफ्नो पहिलो खेलमा नेपाल इरानसँग ३-० गोलको अन्तरले पराजित भएको छ ।

शिलोङस्थित जवाहरलाल नेहरु मैदानमा भएको खेलको पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा पराजित हुन पुग्यो ।

यो जितपछि इरानले ६ अङ्क बनाउदै तीन देश सम्मिलित प्रतियोगिताको उपाधि जितेको छ । यसअघि भएको पहिलो खेलमा इरानले भारतलाई पराजित गरेको थियो । अब नेपालले अन्तिम खेल सोमबार भारतसँग खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर