प्रधानमन्त्री कार्कीले आज सात राजनीतिक दलसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राष्ट्रिय मान्यता प्राप्त सात राजनीतिक दलका नेताहरुसँग आज छलफल गर्दै छन् ।
आगामी फागनु ११ गते निर्धारित निर्वाचनका सम्बन्धमा प्रधानमन्त्रीले मङ्गलबार ४ बजे बालुवाटारमा सात राजनीतिक दलसँग संवाद गर्न लागेकी हुन् । छलफलका लागि तत्कालीन संसदमा मान्यता प्राप्त सात राजनीतिक दलबाट दुई जना उच्चस्तरीय प्रतिनिधि पठाउन आग्रह गरिएको छ ।
छलफलमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र जसपा नेपाल पार्टीका प्रतिनिधिहरूलाई बोलाइएको छ ।
प्रतिक्रिया
