नेपालले तुर्कमेनिस्तानसँग अंक बाँड्यो

काठमाडौं ।  एएफसी एसियन यू-१७ महिला कप छनोटमा नेपालले तुर्कमेनिस्तानसँग अंक बाँडेको छ । बुधबार छनोटअन्तर्गत थाइल्यान्डको चुनबोरी रंगशालामा सम्पन्न खेलमा नेपालले तुर्कमेनिस्तानसँग गोलरहित बराबरी गरेको हो ।

बराबरीसँगै छनोटको समूह ‘एफ’मा रहेको नेपालले तालिकामा पहिलो अंक जोडेको छ । अब नेपालले दोस्रो अंकको निम्ति घरेलु टोली थाइल्यान्डसँग खेल्नेछ । तुर्कमेनिस्तानले भने बराबरीबाट पहिलो अंक जोडेको छ । तालिकामा घरेलु टोली थाइल्यान्ड शीर्ष स्थानमा छ । समूहको विजेताले आगामी वर्ष चीनमा हुने एएफसी एसियन यू–१७ महिला कप खेल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर