रहेनन् महाभारतका कर्ण पंकज धीर
काठमाडौं । बि.आर. चोपडाको ‘महाभारत’ मा कर्णको भूमिका निर्वाह गरेका चर्चित अभिनेता पंकज धीरको निधन भएको छ। बुधबार ६८ वर्षको उमेरमा उनको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए। पंकजले धेरै हिन्दी फिल्म र टेलिभिजन शृंखलामा अभिनय गरेका छन्। उनले ‘महाभारत’ मा कर्णको भूमिकाकै लागि प्रख्याती कमाएका थिए ।
उनले ‘चन्द्रकान्ता’, ‘द ग्रेट मराठा’, ‘युग’ र ‘बढो बहू’ जस्ता लोकप्रिय धारावाहिकमा पनि अभिनय गरेका थिए। त्यस्तै ‘सडक’, ‘सोल्जर’ र ‘बादशाह’ जस्ता चर्चित फिल्महरूमा देखिएका थिए।
प्रतिक्रिया
