पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका छन् । पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका हुन् । खड्का हाल वरिष्ठतम उपाध्यक्ष हुन् ।

यसअघि देउवाले आफ्नो स्वास्थ्य ठीक रहेको बताए । कांग्रेस केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवालाई पत्रकारले सोधे– तपाँईको स्वास्थ्य कस्तो छ ? देउवाले भने, “ठीक छ, ठीक छ ।” २४ भदाैमा जेन–जी आन्दोलनका क्रममा देउवामाथि सांघातिक हमला भएको थियो । त्यसयता स्वास्थ्यलाभ गरिरहेका उनी आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर