प्रतिनिधिसभा विघटनलाई लिएर एमाले अदालत जाने पक्का
काठमाडौं । संसद्को तल्लो सदन प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । भक्तपुरको गुण्डुमा हिजो आइतबार बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अदालत प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएएको जानकारी दिए । ‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन् । यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ,’ ज्ञवालीले भने, ‘अदालत खुलोस्, अनि हामी जान्छौं ।’
प्रतिक्रिया
